बिर्तामोड, भदौ १७ । आगामी मसिर ४ गतेको संसदीय निर्वाचनको उम्मेदवारका लागि झापा क्षेत्र नं २ बाट कांग्रेसका ६ जनाको नाम सिफारिस भएको छ ।

२ नं क्षेत्रीय समितिले उनीहरुको नाम सिफारिस गरेको हो । पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, संविधानसभा सदस्य तथा पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी ,उद्योगी तथा कांग्रेसको प्रवर्द्धन तथा लगानी बोर्डका सदस्य छत्रबहादुर गिरी , पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य सरिता प्रसाई , गत स्थानीय चुनावमा बिर्तामोड नगरपालिकाका मेयरका उम्मेदवार जलकुमार गुरुङ र नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति नविन प्रसाईको नाम सिफारिस भएको हो । यी पाँच जनामध्ये गिरी र प्रसाई बाहेक अधिकांशले निर्वाचन लडिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्