बिर्तामोड, भदौ १८ । आगामी मसिर ४ गतेको संसदीय निर्वाचनका लागि नेपाली कांग्रेसले झापा क्षेत्र नं २ बाट समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस गरेको छ ।
२ नं क्षेत्रीय समितिले उनीहरुको नाम सिफारिस गरेको हो । उद्धव थापा , टीकाप्रसाद प्रसाई , खड्गप्रसाद प्रसाई , हस्त परियार , राधादेवी सुब्बा , हर्कलाल गिरी , युवराज बिमली, विष्णुकुमार खरेल, उद्धिम उप्रेती , कंचना ढकाल सिटौला , तारा कार्की , पाण्डवलाल चौधरी , बिनकुमार विश्वकर्मा , भूमादेवी घिमिरे र केशवकुमार श्रेष्ठको नाम सिफारिस भएको हो ।
प्रत्यक्षतर्फ भने पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, संविधानसभा सदस्य तथा पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी ,उद्योगी तथा कांग्रेसको प्रवर्द्धन तथा लगानी बोर्डका सदस्य छत्रबहादुर गिरी , पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य सरिता प्रसाई , गत स्थानीय चुनावमा बिर्तामोड नगरपालिकाका मेयरका उम्मेदवार जलकुमार गुरुङ र नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति नवीन प्रसाईको नाम सिफारिस भएको छ ।