बिर्तामोड , भदौ १८ । कोचिला एकता जागरण केन्द्रीय समितिको बिर्तामोड उपसमिति गठन भएको छ ।

शनिवार बिर्तामोडमा भएको भेलाले पुर्णिमा राजवंशीको अध्यक्षतामा १५ सदस्यीय उपसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा बिनिता राजवंशी ,सचिव रुबिना राजवंशी,सहसचिव चनसिंह राजवंशी र कोषाध्यक्षमा मिना राजवंशी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा राजकुमार राजवंशी ,कविता राजवंशी ,हेमा राजवंशी,सँजिव राजवंशी,जिना राजवंशी,सुस्मिता राजवंशी,खुशी राजवंशी ,रुद्र राजवंशी र बिमला राजवंशी रहेका छन् । केन्द्रीय अध्यक्ष हंसनारायण राजवंशीको अध्यक्षतामा सो भेला भएको सचिव विशाल राजवंशीले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्