बिर्तामोड, भदौ १८ । इन्डिगो पेन्टस् प्रालिले पेन्टर र डिलर्ससंग अन्तरक्रिया गरेको छ ।

बिर्तामोडमा भेला भएका झापा जिल्लाभरिका २० जना डिलर र ५० जना पेन्टरलाई कम्पनीका सेल्स मेनेजर अनन्तप्रसाद पौडेलले इन्डिगो पेन्टस्को विशेषताका बारेमा प्रकाश पारेका थिए ।

तार्केश्वर ९ मा फ्याक्ट्री भएको सो कम्पनीले २०६६ देखि रंग उत्पादन गर्दै आएको छ । घरलाई चाहिने डेकोरेटेड प्रोडक्टहरु उत्पादन गर्दै आएको पौडेलले बताए । नेपाल गुणस्तर चिन्ह प्राप्त मल्टीनेशनल ब्राण्डका उत्पादन आफ्नो कम्पनीले गर्दै आएको उनले बताए । ५, ७ र १० वर्षको वारेन्टी भएका रंगहरु कम्पनीबाट बिक्री भइरहेको उनको भनाई छ ।

पूर्वमा डिलरसीप लिएका दिनेश कार्कीले डोमेस्टिक कम्पनी भएकाले ग्राहकहरुबाट पनि राम्रो प्रतिक्रिया आएको बताए । सो कम्पनीको देशभरि ४ सयभन्दा बढी डिलर रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्