झापा , भदौ १९ । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिफारिस भइआएका आकांक्षी उम्मेद्वारहरुले त्योभन्दा तल्लो निकायमा उम्मेद्वार बन्न नपाउने विधि बनाएपछि तीन जना आकांक्षीले उम्मेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिनेहरुमा झापा क्षेत्र नं २ प्रदेशसभा (क) सदस्य प्रत्यक्षतर्फका आकांक्षी प्रकाश शिवाकोटी,समानुपातिकतर्फ सजेश शिवाकोटी र झापा क्षेत्र नं–३ प्रदेशसभा (क) समानुपातिकतर्फका आकांक्षी सञ्जीवसिंह राजवंशी रहेका छन् ।

नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिफारिस भइआएका आकांक्षी उम्मेद्वारहरुले त्योभन्दा तल्लो निकायमा आगामी निर्वाचनहरुमा उम्मेद्वार बन्न नपाउने गरी विधि बनाउन प्रदेश र केन्द्रीय समितिमा सिफारिस गर्ने शनिवार निर्णय गरेको थियो । संघ र प्रदेशमा क्षेत्रीय समितिबाट प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस भइआएका आकांक्षी उम्मेद्वारहरुले आफ्नो नाम फिर्ता लिन चाहेमा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आइतवार बजेभित्र आफै उपस्थित भई निवेदनमार्फत नाम फिर्ता लिन सकिने समय पनि तोकेको थियो ।

तर, जिल्ला समितिले धेरै आकांक्षी भएपछि तर्साउन मात्र खोजेको भन्दै तीनजना बाहेक अरुले उम्मेदवारी फिर्ता लिएका छैनन् । कांग्रेसमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाबाट २२२ जनाको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्