झापा , भदौ १९ । अबैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई राखेको ४० बोरा चिनी प्रहरीले राजगढबाट बरामद गरेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/09/305328889_2307521782730082_90180358306540725_n-767x1024.jpg)
आइतवार दिउँसो २.४० बजे बाह्रदशी वडा नं. ३ राजगढ बजारमा रहेको पशुहाटको खाली सार्वजनिक स्थानमा अबैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई राखेको जम्मा४० बोरा(२० क्विन्टल) चिनी प्रहरीले बरामद गरेको हो ।
अन्दाजी १ लाख ३० हजार मूल्य बराबरको भारतीय चिनी इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालय झापा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।