झापा, भदौ २१ । साना निर्माणकर्मी संघ झापाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिर्तामोड वडा नं ४ का वडाध्यक्ष राहुलकुमार शर्माले सो साधारणसभाको उद्घाटन गरे । कार्यक्रमको अध्यक्षता गर्दै साना निर्माणकर्मी संघका अध्यक्ष केदार राजवंशीले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि बिर्तामोड ४ का वडा सदस्य उमेश राउत , बिर्तामोड ५ का वडा सदस्य दुर्गा शिवाकोटी, संस्थाका सल्लाहकार तथा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थापक अध्यक्ष राजु राजवंशी(सन्तोष)ले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन प्रमुख सल्लाहकार कृष्ण भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्