झापा, भदौ २१ । निर्णायक शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि झापाबाट उम्मेदवार सिफारिस गरेको छ ।

जिल्लाका पाँचवटा निर्वाचन क्षेत्र र दश प्रदेश क्षेत्रमध्ये चारवटा निर्वाचन क्षेत्र र आठवटा प्रदेश क्षेत्रबाट राप्रपाले सिफारिस गरेको हो ।एउटा निर्वाचन क्षेत्र र दुईवटा प्रदेश क्षेत्रबाट भने सिफारिस हुन बाँकी रहेको छ ।

क्षेत्र नं १ मा रमेश दहाल र पुष्कर खतिवडा , क्षेत्र नं १ प्रदेश ‘क’ मा कल्याण खडका, ‘ख’ मा सबिना बजगाई, क्षेत्र नं २ मा भक्ति सिटौला , बसन्त रिमाल र शारदा रिजाल, क्षेत्र नं २ प्रदेश ‘क’ मा शंकर रिजाल, दीपक मास्के रन्जु प्याकुरेल, ‘ख’ मा राजकुमार चौहान, लोकेश भट्टराइ, क्षेत्र नं ३ मा राजेन्द्र लिङ्देन, क्षेत्र नं ३ प्रदेश ‘क’ मा नवराज पनेरु,राजकुमार राई , ‘ख’ मा रामकुमार राजवंशी ; जीवन पनेरु, क्षेत्र नं ४मा खुस्बु ओली, क्षेत्र नं ४ प्रदेश ‘क’मा रुद्र भट्टराई , कुमार श्रेष्ठ , ‘ख’ मा श्याम ओली सिफारिस भएको जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिए । उनले क्षेत्र नं ५ बाट बुधवार उम्मेदवार सिफारिस गरिने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्