मेचीनगर, भदौ २१ । मेचीनगर–६ स्थित मिश्रडाँडाको एक घरमा पुजाको प्रसाद खाँदा करिव ३५ जना गाउँलेहरु विरामी परेका छन् ।

काँकरभिट्टा खानेपानी कार्यालय छेउको मिश्रडाँडाका जनम थापा मगरको घरमा आइतबार श्रीमान् भीम मगरको एक वर्षको वार्षिकी सकेर सोमबार पुजा लगाइएको थियो ।

पुजाको प्रसाद खाएका करिव ३५ जना आफन्त र छिमेकीहरु मंगलबार बिहानदेखि विरामी परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले बताए ।
मगरको परिवारले वार्षिकीमा आफन्त र छिमेकीहरुलाई प्रसाद खान बोलाएको स्थानीय समाजसेवी राजकुमार पराजुलीले जानकारी दिए । उनका अनुसार अधिकांश विरामी महिला र बालबालिकाहरु रहेका छन् ।

विरामीहरुको मनिषा मेडिकल, तेजस्वी क्लिनिक, धुलाबारीको आम्दा अस्पताल, बिर्तामोडको बिर्तासिटी, बीएण्डसी र ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको डीएसपी महतोले बताए । उनका अनुसार डाक्टरले फुड पोइजन भएको बताएको छ ।
करिव २० दिनअघि पनि काँकरभिट्टा माविको क्यान्टिनमा दिउँसो नास्ता खाएका ३१ जना विद्यार्थीहरु विरामी परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्