झापा, भदौ २२ । सुनसरीको इटहरी उप-महानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ ।

वडा नम्बर ६ ले वडाबासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ । वडा बासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोल टोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण गर्न थालेको हो । राष्ट्रिय परिचयपत्रका लागि जिल्ला बासीले सुरुआतमा जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय धाउँदै आएका थिए । पछिल्लो समयमा पायक पर्ने स्थानको पालिकाबाट उक्त सेवा लिन सकिने व्यवस्था मिलाइएको छ । टोल विकास संस्थासँग समन्वय गरेर पालैपालो परिचयपत्र वितरण गर्न लागिएको वडा सदस्य दिनेश प्रधानले जानकारी दिए । राष्ट्रिय परिचयपत्र आफ्नै टोलबाट पाउने व्यवस्था भएपछि वडाबासी उत्साहित बनेका छन् । जिल्ला सदरमुकाम जानुपर्दा समय बढी लाग्ने गरेकामा अहिले सजिलो भएको स्थानीय माधव न्यौपाने बताए । यस अघि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयमा सेवाग्राहीले लामो लाइन बस्नुपर्ने समस्या थियो । अहिले वडास्तरबाटै लिन पाउने व्यवस्था मिलाएपछि सेवाग्राहीलाई समय र खर्च बचत भएको छ । लाइन बस्नुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्