झापा , भदौ २२ । अमेरिकी टेलिभिजन सिरिज द स्टोरी अफ गडको सुटिङका तस्बिर पोस्ट गर्दै अमेरिकाका चर्चित अभिनेता मोर्गन फ्रिम्यानले नेपालको दसैँलाई सम्झेका छन् ।

उनले आफ्नो ट्वीटर अकाउन्टमा पिङ खेलेको र काल भैरवसहितको चारवटा तस्बिर पोस्ट गर्दै स्टोरी अफ गड सिरिजको सुटिङका लागि काठमाडौँको भ्रमणलाई कहिल्यै बिर्सन नसक्ने पनि बताएका छन् । उनले लेखेका छन्, ‘स्टोरी अफ गडको सुटिङका लागि काठमाडौँ गएको थियो । म यो क्षण कहिल्यै पनि बिर्सन सक्दिनँ । दसैँको परम्परामा पूणर् रुपमा डुब्दा मलाई जति पनि माया देखाइयो त्यसका लागिसमेत म कृतज्ञ छु ।’यसका साथै उनले दसैँ के हो भनेर पनि अर्को ट्वीटमा बताएका छन् । उनले लेखेका छन्, ‘दसैँ भनेको दानवी शक्तिमाथिको विजयमात्रै होइन । यो हामीभित्र सिर्जित लडाईंहरुलाई स्वीकार गर्दै संसारका सबै असल कुराहरुलाई स्वागत गर्नका लागि आफ्नो आत्मालाई स्वतन्त्र पार्नु पनि हो ।’स्मरण रहोस्, फ्रिम्यानले पोस्ट गरेका तस्बिरहरु केही वर्ष पुराना हुन् । नेशनल जियोग्राफिक च्यानलका लागि टिभी सिरिज – द स्टोरी अफ गडको सुटिङका लागि उनी सन् २०१८ मा काठमाडौँ आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्