झापा, भदौ २२ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने लाहा र जेल पेन खरिद गर्नका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत गरिएको छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि १ करोड ४२ लाख १९ हजार ९२० रुपैयाँ बराबरको लाहा र जेल पेन खरिद गर्न लागेको हो । गत भदौ १७ गतेसम्म दर्ता हुन आएका बोलपत्रहरूमध्ये निर्वाचन आयोग ऐन २०७३ को दफा ३८ बमोजिम भदौ २१ गतेको निणर्य अनुसार अनामनगरस्थित लक्की एएस इन्टरप्राइजेजलाई प्रदान गरिएको आयोगले जानकारी दिएको छ । अब सम्झौता स्वीकृत भएको बोलपत्र दाताले २३ गतेभित्र कार्य सम्पादन जमानत र सप्लाई गरिने लाहा र जेलपेन ३० (तीस) दिनभित्र आपूर्ति गर्न सक्ने आधार र प्रमाण सहितको विस्तृत कार्यतालिका पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्