झापा , भदौ २२ । अवैध रुपमा काठ साइकलमा राखेर चोरी तस्करी गर्ने पाँचजना दमकबाट पक्राउ परेका छन् ।

आज बिहान ३ बजे दमक वडा नं.२ आम्दा रोडमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ५ थान साईकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ईलाम चुलाचुली ५ बस्ने १९ वर्षिय नविन लिम्बू , वडा नं ३ बस्ने २० वर्षिय सुजन श्रेष्ठ,सोही ठाउँका ३० वर्षिय धनपति न्यौपाने ,.फाकफोकथुम ३ बस्ने २० वर्षिय रमेश लिम्बु र पाँचथर तुममेवा १ बस्ने २२ वर्षिय विवेक लिम्बू रहेका छन् । अवैध रुपमा सिसौको जातको गोलिया ५ थान (२६.८५ क्यु.वि.), सखुवा जातको चिरान काठ १४ थान (११.९५ क्यु.वि.) गरी जम्मा ३८.८० क्यु.वि. काठ र काठ काट्ने साधनसहित फेला पारी उनीहरुलाई पक्राउ गरिएको र आवश्यक कार्वाहीको लागि सब डिबिजन बन कार्यालय बेलडागी दमकमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्