झापा , भदौ २६ । विराटनगर महानगरपालिका-८ स्थित सिंघिया खोलामा शनिबार साँझ पुरुषको शव फेला परेको छ ।

खोलाले बगाएर ल्याएको अवस्थामा अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार खोलाले बगाएर ल्याएको शव फेला परे पनि मृतकको पहिचान खुल्न बाँकी छ । मृतकको पहिचानको प्रयास भइरहेको जानकारी उनले दिए । घटनास्थलबाट उठाएर शव पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याइएको छ । स्थानीयले बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्