झापा, भदौ २६ । देशभर यौन दुव्र्यवहार बलत्कार र जबरजस्ती करणीको आरोपका घटनाबारे सनसनी मच्चिरहेको बेला इलाममा २ जना नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २ जना किशोर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार दक्षिणी इलामका २ जना किशोरलाई जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार इलाम माई नगरपालिका १ बस्ने २० वर्षीय र १९ वर्षीय युवकलाई पक्राउ गरिएको हो । उनीहरूले १४ वर्षीय र १३ वर्षीय नाबालिकाहरुलाई जबरजस्ती करणी गरेका कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तेजबहादुर दाहालले जानकारी दिएका छन् । उनका अनुसार जिल्ला प्रहरी कार्यालय इलामको टोलीले दुवै जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका दुवै जनालाई इलाम जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुलाई पीडित पक्षको उजुरीका आधारमा पक्राउ गरिएको जनाइएको छ । नाबालिकालाई करणीको आरोप लागेका दुवैजनाले ललाईफकाई जबरजस्ती गरेको आरोप लागेको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्