झापा , भदौ २७ । मोरङको रङगेली नगरपालिका-७ बाट चार लाख बराबरको अबैध समान बरामद भएको छ ।

कपडा बरामद

आज राति साँढे १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सिमा क्षेत्रबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको करिव ४ लाख बराबरको तयारी कपडा बरामद गरेको हो । बरामद भएको कपडा आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्