झापा, भदौ २८ । नचिनेको एक समूहले सोमबार झापाको मेचीनगर—३ स्थित बेसीबजारमा रहेको सहिद सूर्यप्रसाद खनालको अर्धकदको शालिक तोडफोड गरेको छ ।

२०४० साल चैत १५ गते जन्मिएका सूर्यप्रसाद खनालको १७ वर्षको उमेरमा माओवादी युद्घका क्रममा २०६१ साल भदौ २२ गते तात्कालीन शाही सेनाले चलाएको गोली लागेर निधन भएको थियो । छोराले शाहदात प्राप्त गरेपछि उनको परिवारले राज्यबाट प्राप्त गर्ने सुविधा रकमबाट करीव डेढ कठ्ठा ऐलानी जग्गामा दुर्गा मन्दिर र मन्दिर परिसरमा सहिद सूर्यको अर्धकदको शालिक निर्माण गरेका थिए । खनाल परिवारले १ लाख ४० हजार रुपैयाँमा सहिदको शालिक र ९ लाख ४४ हजार रुपैयाँमा मन्दिर बनाएका थिए ।

प्रतिष्ठानले घेरावारा गरेको परिसरभित्र मन्दिर र सहिद खनालको अर्धकदको शालिक रहेको छ । पर्खाल नाघेर भित्र प्रवेश गरी तोडफोड गरेको स्थानीयको भनाई छ । सहिदको नाक तथा आँखाको भागमा क्षति पुर्याएको छ भने दुर्गाको मूर्तिको हात तथा त्रिशुल तोडफोड गरेको दुर्गा मन्दिर सञ्चालक समिति अध्यक्ष गायत्रा पौडेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्