बिर्तामोड, भदौ २८ । भव्य सांगीतिक कार्यक्रमका बीच पल्सर सिरिजको सबैभन्दा सानो १२५ सीसीको मोटरसाइकल एनएस १२५ को ग्राण्ड लन्च गरिएको छ ।

बजाजले एनएस १२५ सीसीको मोटरसाइलकका पहिलो पटक बिर्तामोडबाट सार्वजनिक गरेको हो । बिर्तामोडको सिटी सेन्टरमा मंगलवार साँझ सांगीतिक कार्यक्रमसहित मोटरसाइकल सार्वजनिक गरिएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होमप्रसाद दाहाल ,जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ नायव निरीक्षक सीतादेवी घिसिङ, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका हेड अफ सेल्स श्रीधर भण्डारी, शिखर बचत तथा ऋण सहकारी संसथाका अध्यक्ष दिपेन्द्र राउत , मेची पावर मोवाइल ट्रेडका सञ्चालक मनोज वंशल, प्रमोद खरेललगायत कलाकारको टीम सहितले नयाँ बाइक लन्च गरेका हुन् । बजाज कम्पनीको मोटरसाइकल विक्रेता बिर्तामोडस्थित मेची पावर मोवाइल ट्रेडका सञ्चालक मनोज वंशलले लन्चसंगै बाइकको बुकिङ खुला गरिएको बताए । उनले पहिलो दिन ८ वटा बाइक बुकिङ र दुईवटा बाइक सेल्स भएको जानकारी दिए । कार्यक्रममा गायक प्रमोद खरेल , गायिका टीका प्रसाईलगायतले प्रस्तुती दिएका थिए ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २ लाख ८० हजार रुपैयाँ मूल्य तोकेर यसको बुकिङ खुल्ला गराएको छ । पल्सर एन सिरिजका अन्य बाइकमा जस्तै यसको लुक्स तथा डिजाइन समेत स्ट्रिट फाइटर प्रेरित रहेको छ । यो नयाँ मोटरसाइकलमा कम्पनीले १२४.४५ सिसीको विएस ६ इन्जिन जडान गरेको छ । किक र सेल्फ दुवै तरिकाले स्टार्ट गर्न मिल्ने सुविधा दिइएको यसको अधिकतम पावर १२ पिएस र टर्क ११ एनएम रहेको छ । यसमा ५ स्पिड गियरवक्स दिइएको छ भने उच्चतम गति ११८ किलोमिटर प्रतिघण्टा रहेको छ । यो वाइकले प्रतिलिटर इन्धन खपतमा ६० किलोमिटर माथि माइलेज प्रदान गर्ने दावी गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्