झापा , भदौ ३० । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार दुर्घटनाग्रस्त भएको छ ।
सरकारका एक प्रवक्ताले संक्षिप्त बयानमा जनाए अनुसार राष्ट्रपति जेलेन्स्कीको कारसँग एउटा निजी कार ठोक्किएको हो । सर्गी निकिफोरोभ नाम गरेका ती प्रवक्ताले भने, ‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिएको छ, कुनै गम्भीर चोट पाइएको छैन ।’ राष्ट्रपति जेलेन्स्कीको कारसँग ठोक्किएको निजी कारका मालिक भने घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अधिकारीहरुले दुर्घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जनाएका छन् ।