झापा , भदौ ३० । धरान उपमहानगरको पहाडी भेगमा पर्ने विष्णुपादुकास्थित टोड्केमा एउटा घर लुटपाट गरी ६४ वर्षीया वृद्धाको हत्या गरेको खुलासा भएको छ ।

धरान वडा नं २० मा घरमा एक्लै बस्दै आएकी पूर्णिमा  राईको हत्या भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । साथै राईका गहना पनि लुटपाट भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । मंगलबार रातिको उक्त घटना बुधबार मात्रै सार्वजनिक भएको थियो । राईलाई आफन्तले तरकारी पुर्‍याउन जाँदा राईलाई मृत अवस्थामा देखेको बताइएको छ । मृतक वृद्धाका छोरा-बुहारी भने धरानको बजार क्षेत्रमा बस्दै आएका छन् । गर्धनमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको पाइएको पनि प्रहरीले जनाएको छ । उनले लगाएका डेढ तोला सुनको सिक्री लुटिएको र लकेट भने चुँडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लुटपाटकै क्रममा लुटेराहरुले वृद्धाको हत्या गरेको अनुमान गरेको छ । प्रहरीले घटनामा संलग्नहरूको खोजी गरिरहेको जनाएको छ । उनको शव अहिले पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्