झापा , भदौ ३१ । ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका-१ सेसम्बुमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ । मेची राजमार्ग अन्र्तगत सेसबुमा गएराति पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ ।