झापा , असोज ३ । गौरीगंज गाउँपालिका-६ को कन्चिरामा गएराति तीन घरमा चोरी भएको छ ।

करिब ३ देखि ५ सय मिटर दुरीमा रहेको एकै टोलका तीन घरमा चोरी भएको हो । गौरीगंज ६ कन्चिरा निवासी महासेर आलमको घरमा आइतबार राति सुनचाँदीका गरगहनासहित नगद चोरी भएको छ । घरमा सुतिरहेको अवस्थामा घरको पछाडिको टाटी काटेर १ तोला सुनका गरगहना, ४० तोला चाँदी, १ लाख रूपैया नगद र मोबाइल चोरी भएको पीडित आलमले बताए । सोही टोलकी मिना सरदारको घरबाट ३५ हजार नगद चोरी भएको छ । घरको ढोका खोली राति सुतिरहेको अवस्थामा चोरी भएको मीनाले बताइन् । त्यसैगरी कन्चिरा टोलमै घर भएकी शकुन्तला महतोको साईकल चोरी भएको नसिरउदिन मियाँले जानकारी दिए । ईलाका प्रहरी कार्यालय गौरीगंजको टोली बिहान चोरी भएको घरहरूमा पुगेका थिए । चाड पर्व नजिकिएसँगै गौरीगंज क्षेत्रमा पछिल्लो समयमा चोरीका घटना बढ्दै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्