झापा , असोज ५ । मेची नदीले बगाएको पुरुष चार दिनपछि मृत अवस्थामा फेला परेको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका-५ स्थित बसपार्क निवासी अन्दाजी ६० वर्षीय लक्ष्मण मण्डल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार मण्डल भद्रपुर-५ स्थित मेची नदी किनारमा निर्माणाधीन शव दाह गृह पुगेका थिए । पानी परिरहेको बेला छाता लिएर पुगेका उनले छाता शव दाह गृहको भवनमा राखेर नदी किनारमा पानी हेर्न गएका थिए । सोही क्रममा उनी चिप्लिएर नदीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएका मण्डलको शव घटनास्थलदेखि १७ किलोमिटर दक्षिण कचनकवल गाउँपालिका-५ स्थित पाठामारीमा मंगलबार साँझ ७ बजे फेला परेको हो । स्थानीयले माछा मार्ने क्रममा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी आफन्तजनलाई जिम्मा लगाइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्