झापा , असोज ७ । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता यही शनिबार हुने भएको छ ।

विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित चार राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका)ले जानकारी दिइन् । नेपालबाट ११, अमेरिका र भारतबाट समान १-१ तथा पाकिस्तानबाट दुई रेस्लर सहभागी हुनेछन् । जम्मा सात वडा भिडन्त हुनेछ । एकदिने प्रतियोगिताको खेल भृकुटीमण्डपमा हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्