झापा, असोज ७ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको प्रदेश १ मन्त्रिपरिषद्को बिहीबारको बैठकले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्नरोन्नति गरी २ सय शय्याको बनाउने निर्णय पनि गरेको छ ।


प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रस्तावका आधारमा मेची प्रादेशिक अस्पताललाई २०० र भोजपुर जिल्ला अस्पताललाई ५० शय्याको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत नेपाल सरकारको ५ असोजको निर्णय प्रचलित कानुनसमेतको दायराभित्र रही कार्यान्वयन गर्न प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।


उक्त निर्णयअनुसार धनकुटाको भेडेटारमा बन्न लागेको स्वाइवाकका लागि आवश्यक जग्गा सट्टापट्टा गर्ने जिम्मेवारी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई हुनेछ । बैठकले प्रदेश खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्