झापा, असोज ९ । शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ ।

नेपालमा प्रदर्शन हुनुपूर्व नै हिन्दी संस्करण सामाजिक सञ्जालहरुमा लिक भएको हो । नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुनेछ । चलचित्रले नेपाल र भारतमा प्रदर्शनको पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ ।

हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले जानकारी दिएका छन् । चलचित्रले पहिलो दिन विश्वव्यापी ४ कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । चलचित्रले नेपालमा भने मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्