बिर्तामोड, असोज १० । नेपाली कांग्रेस छोडेर नेपाली कांग्रेस वीपीमा प्रवेश गरेका झापाका पत्रकार शेखर सेडाई नेपाल प्रजातान्त्रिक पत्रकार संघको संयोजकमा मनोनयन भएका छन् ।

अर्जुनधारा ६ निवासी पत्रकार सेडाईलाई नेपाली कांग्रेस वीपीका सभापति सुशिलमान शेरचनले पार्टीको शुभेच्छुुक संघअन्तर्गत नेपाल प्रजातान्त्रिक पत्रकार संघको संयोजकमा मनोनयन गरेका हुन् । सेडाई केही दिनअघि मात्र सो पार्टीमा प्रवेश गरेका थिए ।
उनी यसअघि कांग्रेसनिकट नेपाल प्रेस युनियनमा आवद्ध रहेका थिए । झापामा केही समययता पत्रकारिता गर्ने श्रममीवि पत्रकारभन्दा राजनीति गर्ने पत्रकारको संख्या बढ्दै गएको छ ।