झापा , असोज ११ । सुनसरीको दुहबी नगरपालिका-३ मा रहेको नेपाल विद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत बुढिगंगा गाउँपालिका-४ का ४१ बर्षीय महमत साबिर मियाको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमवार बेलुका कार्यालय पेरिमिटर भित्र पानी चलाउने मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मियालाई उपचारको लागि विराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मियाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्