बिर्तामोड,असोज ११ । अति विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि अनुप्रस्था फाउण्डेशन र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ ।

] पैसाबिना कोही पनि मर्नु हुँदैन भन्ने लक्ष्य राखेर विपन्न क्यान्सर रोगीको उपचारमा सहयोग पु¥याउने उद्धेश्यका साथ अनुप्रस्थाले उपचारमा आर्थिक सहयोग गर्न अस्पतालसँग सम्झौता गरेको हो । मंगलबार फाउण्डेसनका फाउन्डर निरन शाही र अस्पतालका सिइओ डा. निराजन प्रसाईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

झापाको बिर्तामोडमा अनुप्रस्था ब्याण्डका नामले परिचित उक्त फाउण्डेशनले आर्थिक अभावका कारण उपचार पाउन नसकेका गरिब तथा विपन्नको उपचारका लागि अस्पतालसँग सम्झौता गरेको फाउण्डेशनका सदस्य विशाल अग्रवालले जानकारी दिए ।

कार्यक्रममा अस्पतालका डाक्टर विरेन्द्र यादबले अस्पतालको सेवासुबिधा र क्यान्सर रोगको अवस्थाका बारेमा जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्