झापा, असोज १२ ।प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित रामेछाप नगरपालिका वडा नं. ८ बस्ने ३० वर्षिय बिजय लामा पक्राउ परेका छन् ।

हिजो अपरान्ह ४.३० बजे मेचीनगर वडा नं.६ मेचीपुल छेउमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदैं गरेका लामालाई ७५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

उनको साथबाट नगद १० हजार र सामसुङ मोबाईल थान १ समेत बरामद गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्