झापा , असोज १४ । मोरङको उर्लाबारी नगरपालिका-१ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कटहरी गाउँपालिका-२ मोरङका ३५ बर्षीय उद्धब परियार रहेका छन् । हिजो अपरान्ह ३ बजे आसिस समि नारायण साह जे.बी. कन्ट्रक्सन द्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्