झापा , असोज १४ । मोरङको रंगेलीमा एकजना युवाको शव भेटिएको छ ।

मोरङ सुनवर्षी नगरपालिका ४ बटरबारी बस्ने ३२ वर्षीय अशोककुमार यादव धामीको शव भेटिएको छ । घरबाट काम गर्न भनी हिँडेका यादवको आज बिहान मोरङको रङेली बटरवारी जाने भित्री सड्क खण्डमा शव भेटिएको हो । यादव असोज १४ गते घरबाट काम गर्ने भनेर प्र.नं. १०२०४४ प. ३२६१ नम्बरको मोटरसाइकल लिएर हिँडेका थिए ।

घरबाट हिँडेको भोलिपल्ट शुक्रवार बिहान रङेली बटरवारी जाने भित्री सड्क खण्डको बाटोमा पार्किङ गरी राखी मोटरसाइकल राखेको स्थान बाट अन्दाजी १०/१२ मिटर दक्षिण बाटोमा कोल्टे परी मृत अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनास्थलमा मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायक र ईप्रका रंगेलिदेखी अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको छ । शव शङ्कास्पद देखिएकोले थप अनुसन्धान गर्न कुकुरसहितको टोली खटिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्