झापा, असोज १५ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई बिर्ताबजारबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड वडा नं.१ घर भई वडा नं ३ पशुपति टोलमा डेरा गरी बस्ने २१ वर्षिय राहुल राजवंशी रहेका छन् । शनिवार दिउँसो ३ बजे प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक प्रवीण खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले राजवंशीलाई शंका लागेर उनको कोठामा चेकजाँच गर्दा १० ग्राम ब्राउनसुगर फेला परेको थियो ।

लागूऔषधसहित नियन्त्रणमा लिई उनलाई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्