झापा, असोज १५ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा गरामनीको शक्तिपीठमा १२ जना बृद्धबृद्धालाई सम्मान गरिएको छ ।

गरामनीको प्रसिद्ध दुर्गा मन्दिरमा घटस्थापनादेखि संचालन भइरहेको श्रीमद कुर्म महापुराणका बीच ८० वर्षमाथिका बृद्धबृद्धालाई सम्मान गरिएको हो । समाजसेवी तथा दानवीर होम पाण्डेले ती बृद्धबृद्धालाई सम्मान गरेका थिए ।

सम्मानित हुनेहरुमा भद्रप्रसाद चुडाल , नरमाया चुडाल , दिलबहादुर भट्टराई , लक्ष्मीप्रसाद थपलिया , घनश्याम खनाल , मन्दिरा अधिकारी ,भागिरथा आचार्य ,श्रीप्रसाद सेडाई ,भीम ठकुरी , पर्शुराम भट्टराई , कुलप्रसाद दाहाल रजमुना पौडेल रहेका छन् । श्री मठमन्दिर विकास तथा समाजसेवा समितिको आयोजनामा प्रत्येक वर्ष दसैंको बेला गरामनीमा धार्मिक अनुष्ठान हुँदै आएको छ ।

यस वर्ष घटस्थापनादेखि शुरु भएर सप्तमीका दिन समापन हुने श्रीमद् कुर्म महापुराणको प्रमुख वाचकमा शान्तिराम नेपाल तथा उपवाचकमा मोहन घिमिरे रहेका छन् । गरामनीको ऐतिहासिक तथा पुरातात्विक दुर्गा मन्दिरमा दसैंको महानवमीको दिन भक्तालुहरुको घुँइचो लाग्ने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्