झापा, असोज १७ । काठमाडौंबाट झापाको गौरीगञ्जतर्फ आउँदै गरेको बस हेटौंडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बसमा सवार अन्य ३७ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ चुरियामाई मन्दिरनजिक आइतबार राति रात्रि बस दुर्घटना हुँदा बसमा सवार एक यात्रुको मृत्यु भएको हो।

काठमाडौंबाट आउँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आफै अनियन्त्रित भई नालीमा खस्दा बसमा सवार झापा दमक–५ मोडेल क्याम्पसनजिक बस्ने ६० बर्षीय दिल्लीबहादुर दर्जीको मृत्यु भएको हेटौंडा प्रहरीले जनाएको छ। उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। त्यस्तै मोरङ बेलबारी ८ बस्ने ५० वर्षिया कल्पना राजवंशीको पनि मृत्यु भएको छ । उनको चुरे हिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।बसमा सवार अन्य ३७ जना घाइते रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उनीहरूमध्ये केहीको हेटौंडामा ,चितवन र काठमाडौंमा उपचार भइरहेको उनले बताए। घाइते अधिकांश प्रदेश नम्बर १ का रहेको जनाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्