झापा, असोज १७ । काठमाण्डौबाट झापाको गौरीगञ्जतर्फ आउँदै गरेको रात्रि बस हेटौडामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । मृतक र घाइते अधिकांश पूर्वका रहेका छन् ।

दशैं मान्न घर फर्किनेहरु दुर्घटनामा परेका हुन् । मृत्यु हुनेहरुमा मोरङ बेलबारी नगरपालिका .८ बस्ने ५१ वर्षिया कल्पना राजवंशी र झापा दमक नगरपालिका ५ मोडेल क्याम्पसनजिक बस्ने ६० वर्षिय दिल्लीबहादुर दर्जी रहेका छन् । टाउकोमा चोट लागेका दर्जीको बिहान १ बजे हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने शरीरको बिभिन्न भागमा चोट लागेकी राजवंशीको चुरेहिल अस्पतालमा उपचारको क्रममा बिहान १.४० बजे मृत्यु भएको प्रहरी चौकी रातोमाटेले जनाएको छ । गएराति १२.३० बजे मकवानपुरको हेटौडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व–पश्चिम सडकखण्डमा काठमाण्डौबाट गौरीगञ्जतर्फ आउँदै गरेको ना.७ ख २०३२ न.को बस आफै अनियन्त्रित भई नालीमा खस्न गई दुर्घट्ना भएको हो ।

घाइते भई चुरेहिल अस्पताल मकवानपुरमा उपचार हुनेहरु
१) मृतक कल्पना राजवंशीकी छोरी ३० वर्षिया कविता राजवंशी दुबै खुट्टामा ठोक्किएको अबस्था सामान्य ।
२) खोटाङ काडबेसी घर भई हाल सुनसरी ईटहरी ९ खनार बस्ने बर्ष २२ का चन्डिकाप्रसाद दाहाल टाउको,चोट, पेटमा ठोक्किएको, अबस्था मध्यम,थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन रिफर
३) सुनसरी धरान १७ बस्ने बर्ष ३८ का सुमन बराईली बायाँ कोखामा भित्री चोट अबस्था मध्यम । पुरानो मेडिकल कलेज चितवन रिफर ।
४) मोरङ सुन्दरहरैचा न.पा.६ बस्ने बर्ष अन्दाजी २५ का बिशाल गुरुङ टाउको,अनुहारमा चोट, बायाँ हातमा भित्री चोट, अबस्था मध्यम । पुरानो मेडिकल कलेज चितवन रिफर ।

हेटौडा अस्पताल मकवानपुरमा उपचार हुनेहरु
५) जिल्ला ललितपुर महालक्ष्मी न.पा.–८ लुगु बस्ने बर्ष–५० का चक्रबहादुर बस्नेत,बायाँ हातमा काटेको,भित्री चोट, अबस्था मध्यम
६) ऐ.ऐ.बस्ने उनकी छोरी बर्ष १७ की दिब्या बस्नेत,टाउको र हातमा चोट,अवस्था मध्यम
७) जिल्ला झापा दमक न.पा.५ बस्ने बर्ष ५५ का गंगाप्रसाद ढकाल,च्यापु र पेटमा भित्री चोट,अवस्था मध्यम,
८) जिल्ला ताप्लेजुङ सुकेजा गा.पा.३ बस्ने बर्ष २४ का टंकबहादुर खड्का,बायाँ खुट्टा र टाउकोमा चोट,अवस्था गम्भीर,
९) जिल्ला झापा गौरादह न.पा.८ बस्ने बर्ष ६५ का गौरनाथ राजवंशी,दाहिने हात र टाउकोमा भित्री चोट,अवस्था मध्यम
१०) जिल्ला ईलाम चुलाचुली गा.पा.१ बस्ने बर्ष ३६ का बिनोद अधिकारी,टाउकोमा चोट,अवस्था मध्यम
११) ऐ.ऐ.बस्ने बर्ष २७ का देवीप्रसाद अधिकारी, टाउकोमा चोट,अवस्था मध्यम
१२) ऐ.ऐ.बस्ने बर्ष ४० की माया अधिकारी,घाटी र टाउकोमा चोट,अवस्था मध्यम
१३) ऐ.ऐ.बस्ने उनकी छोरी बर्ष १३ की दिब्या अधिकारी,बायाँ हात र टाउकोमा चोट,अवस्था मध्यम
१४) जिल्ला ओखलढुङ्गा मलंगवा गा.पा.३ बस्ने बर्ष ३६ की ज्ञानकुमारी सुनुवार,छाती र बायाँ खुट्टामा भित्री चोट,अवस्था मध्यम
१५) ऐ.ऐ. बस्ने उनका श्रीमान बर्ष ४० का सुरेन्द्र राई,दाहिने हातमा चोट,अवस्था सामान्य
१६) जिल्ला झापा दमक न.पा.१० बस्ने बर्ष २८ का युवराज ढकाल,छातीमा भित्री चोट,अवस्था मध्यम
१७) जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा.१ बस्ने बर्ष ४२ की दुर्गामाया कार्की,टाउको र ढाडमा चोट,अवस्था मध्यम
१८) ऐ.ऐ.बस्ने उनकीे छोरी बर्ष २३ की कमला सिलवाल,ढाडमा भित्री चोट,अवस्था मध्यम
१९) ऐ.ऐ.बस्ने उनका छोरा बर्ष १८ का अनिष सिलवाल घुँडामा चोट,अवस्था मध्यम
२०) जिल्ला झापा अर्जुनधारा न.पा.९ बस्ने बर्ष २७ का रबिन गहतराज,हात खुट्टामा चोट,अवस्था मध्यम
२१) जिल्ला झापा भद्रपुर १० बस्ने बर्ष ३२ का लिलाराज पोख्रेल,बायाँ हात र कुममा भित्री चोट,अवस्था मध्यम
२२) बसका सहचालक जिल्ला मोरङ हरैचा न.पा.९ बस्ने बर्ष २८ का बिरेन्द्र खवास,बायाँ खुट्टा र बायाँ कुममा चोट, अवस्था मध्यम
२३) जिल्ला सुनसरी बराहक्षेत्र ११ बस्ने बर्ष २२ का सनि उरम,सामान्य
२४) जिल्ला बझाङ थलरा गा.पा.३ बस्ने ४० का हर्कबहादुर भण्डारी,सामान्य
२५) ऐ.ऐ.बस्ने उनकी श्रीमती बर्ष ३८ की सुमित्रा भण्डारी,सामान्य
२६) ऐ..ऐ.बस्ने उनका छोरा बर्ष १७ का आविष्कार भण्डारी,नाकमा भित्री चोट,अवस्था मध्यम
२७) जिल्ला उदयपुर कटारी न.पा.१० बस्ने बर्ष २७ का मेशबहादुर सुनुवार,सामान्य चोट
२८) जिल्ला सुनसरी बराहक्षेत्र न.पा.११ बस्ने बर्ष २३ का रोहित राई,सामान्य चोट,
२९) ऐ.ऐ. बस्ने बर्ष १९ को दिवस ऋषिदेव,सामान्य घाईते
३०) जिल्ला भोजपुर पौवातुम्बा गा.पा.१ बस्ने बर्ष २२ की अन्जना राई,सामान्य चोट
३१) जिल्ला झापा गौरीगञ्ज गा.पा.१ बस्ने बर्ष २४ का महेश राजवंशी,सामान्य चोट,
३२) जिल्ला झापा दमक न.पा.१० बस्ने वर्ष ८५ की गीता बास्कोटा,टाउकोमा भित्री चोट,अवस्था मध्यम
३३) जिल्ला सुनसरी गढी गा.पा.२ बस्ने बर्ष २० की सुस्मिता उराउ,सामान्य चोट
३४) उनकीे छोरी ९ महिनाकी आकृति उराउ,सामान्य चोट
३५) जिल्ला मोरङ सनकपुर गा.पा.१ बस्ने बर्ष २२ का गोबिन्द श्रेष्ठ,सामान्य चोट
३६) जिल्ला ललितपुर थैवा डेरा गरी बस्ने बर्ष ४९ की शान्ति राई,सामान्य चोट,

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्