झापा, असोज १९ । गठबन्धनमा भागबन्डा नमिलेपछि जनता समाजवादी पार्टी (जसपा)ले झापामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।

बिर्तामोडमा बसेको जिल्ला कार्यकारिणी समिति बैठकले जसपालाई गठबन्धनले झापामा सम्बोधन नगरे मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको अध्यक्ष दिपेनवाला राईले बताए ।

गठबन्धनको सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै जसपाले अन्य राजनीतिक दलहरूसँग पनि तालमेलका लागि ढोका खुला राख्ने निर्णय गरेको थियो । तर, गठबन्धनबाहेकका दलहरुसंग तालमेल हुने संभावना सकिएको छ । गठबन्धनसंग तालमेलको प्रयास जारी राख्ने, नभए मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय गरिएको राईले जानकारी दिए । जसपाले जिल्लाको सबै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।

क्षेत्र नं १ मा संघतर्फ विमलदेव काफ्ले,प्रदेश ‘क’ ओमप्रकाश खापुङ,‘ख’ मा केवलराम राई र रामसुफल कामती, क्षेत्र नं २ मा संघतर्फ शिवन सोराली मगर,प्रदेश ‘क’ मा गणेश शाक्य,‘ख’ मा अभिषेक राई, क्षेत्र नं ३ मा संघतर्फ बिरबहादुर राई, प्रदेश ‘क’ मा शत्रुधन चौधरी, ‘ख’ मा ध्रुव श्रेष्ठ, क्षेत्र नं ४ मा संघतर्फ भरत श्रेष्ठ, प्रदेश ‘क’ मा पल्टन ताजपुरिया,‘ख’ मा हर्क खालिङ र गौरीमान राई , क्षेत्र नं ५ मा ंसंघतर्फ देउकुमार नेम्वाङ, प्रदेश ‘क’ मा धनराज लिम्बू, घनश्याम रिजाल, रघु राजवंशी , ‘ख’ मा ओममाया आङदम्बे र धिरेन्द्र सम्बाम्फेको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्