झापा, असोज १९ । पशुबलिको विरोध भइरहँदा झापा गरामनीको ऐतिहासिक नवदुर्गा शक्तिपीठमा पशुबलि दिनेको संख्या बढेको छ ।

हिजो महानवमीका दिन नवदुर्गा शक्तिपीठमा गत वर्षभन्दा धेरै पशुबलि दिइएको हो । नवदुर्गा शक्तिपीठमा हिजो महापूजाको अवसरमा २५१ वटा बोकाको बलि दिइएको मठमन्दिर विकास तथा समाजसेवा समितिले जनाएको छ ।

गत वर्ष २२० वटा बोकाको बलि दिइएको थियो । यस वर्ष भक्तजनहरुले २५१ वटा बोकासंगै धेरै हाँस परेवाको बलि चढाएको समितिका रणबहादुर मगरले बताए । यस वर्ष राँगाको बलि भने नदिइएको उनले बताए । विगतमा त्यस मन्दिरमा हजारभन्दा बढी बोका र राँगाको बलि दिने गरिन्थ्यो । धार्मिक प्रचलन रहेपनि बलिभोग न्यूनीकरणको लागि केही वर्षदेखि विभिन्न सामाजिक संघसंस्थाहरुले आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्