दमक,असोज २० ।झापाको गौरादहमा गएराति गोमन सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ ।

गौरादह नगरपालिका वडा नम्बर ९ बैगुन्धुरा मावलमा दशैंको टिका लगाउन गएकी दमक वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाकी नातिनी ८ वर्षिया श्रुति सापकोटाको गोमन सर्पले डस्दा मृत्यु भएको हो । भुइँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर बालिकालाई सर्पले डसेको थियो ।
नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ प्रदेश एक कमिटी अध्यक्ष शुभेच्छा सापकोटा तथा टेकनाथ सापकोटाकी छोरी श्रुतिलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।