झापा, असोज २० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापा शिवसताक्षी १ फुलवारी चोकमा भएको सवारी दुर्घटनामा परी एक दुई वर्षिया बालिकाको मृत्यु भएको छ ।
हिजो दिउँसो २.२० बजे शिवसताक्षी फुलवारी चोकस्थित पूर्व– पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१–००२ ह ७२९ नं को सिटी सफारी दक्षिणबाट उत्तरतर्फ क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ७३०८ नं को मोटरसाइकलसंग एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति २ बस्ने ३५ वर्षिय कमल मिश्रको बाहिरी चोट नदेखिएको ,सोही मोटरसाइकलको पछाडी सवार उनकी श्रीमती २७ वर्षिया संगीता मिश्रको टाउको तथा शरीरको बिभिन्न भागमा चोट लागेको र उनीहरुका २ वर्षिया छोरी संस्कृति मिश्रको बायाँ हातको कलाईको भाग चुँडिएर बिएण्डसी हस्पिटलमा उपचार भइरहेकोमा आज बिहान ५.३० बजे घाइते बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
दुर्घटनापछि मोटरसाइकल., सिटी, सिटी चालक शिवसताक्षी १ बस्ने ६० वर्षिय पदम पाण्डेलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको डिएसपी पाठकले जानकारी दिए ।