झापा, असोज २१ । हिजो साँझ झापा गाउँपालिकास्थित हुलाकी सडकमा भएको मोटरसाइकल दुर्घटनामा दुईजना गंभीर घाइते भएका छन् ।
साँझ ७.३० बजेतिर झापा गाउँपालिका २ स्थित हुलाकी सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ६४०५ नं को मोटरसाइकलले बाटोमा हिँड्दै गरेकी सोही ठाउँकी ५० वर्षिया सरस्वती कामतीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट कामतीको टाउको र कुहिनोमा चोट लागेको छ भने मोटरसाइकल चालक झापा गाउँपालिका वडा नं ७ बस्ने २६ वर्षिय मैनुल शेखसमेत घाइते भएका छन् । उनको पनि टाउकोमा चोट लागेको छ । बोल्न नसक्ने दुवैलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।




