झापा, असोज २२ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सिट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । कांग्रेस स्रोतका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् ।झापाको पाँच निर्वाचन क्षेत्रमध्ये चारवटा( १,३,४ र ५) कांग्रेसले पाएको छ भने २ नं क्षेत्र माओवादीले हात पारेको छ । त्यस्तै जिल्लाका १० वटा प्रदेश क्षेत्रमध्ये पाँचवटा कांग्रेसलाई , चारवटा माओवादीलाई र एउटा एकीकृत समाजवादी पार्टीलाई मिलेको छ ।
सत्तारुढ गठबन्धनबीच भएको सहमति

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्