झापा, असोज २३ । अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको माछा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट पृथ्वीनगरका इन्स्पेक्टर हेमन्त लिम्बूको नेतृत्वमा खटिएको टोलीले साविक पृथ्वीनगर गाविस हाल भद्रपुर– ३ भैसावाडीस्थित चिया बगानमा लुकाई छिपाई राखेको अवस्थामा ७० केजी बराबरको झन्डै २७ हजार रुपैयाँ बराबरको माछा बरामद गरेको हो ।

भारतबाट आयातित माछामा सरकारले कडाइ गरेपछि चोरी निकासीको बाटोबाट माछा नेपाली बजारमा भित्रिरहेको अवस्थामा सशस्त्रले माछा बरामद गरेको हो । बरामद गरिएको माछालाई स्थानीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, क्लबका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्