झापा, असोज २४। आगामी मंसिर ४ गतेको प्रतिनिधिसभार प्रदेशसभा निर्वाचनका लागि झापामा २०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि १०१ र प्रदेशसभा निर्वाचनका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गराएकामध्ये ३३ जना स्वतन्त्र छन् । प्रदेशसभा निर्वाचनमा भने स्वतन्त्र २४ जना रहेका छन् ।झापा क्षेत्र नम्बर १ को मेची नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को अर्जुनधारा नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर ३ को जिल्ला समन्वय समितिको कार्यालय, क्षेत्र नम्बर ४ को कनकाई नगरपालिका र क्षेत्र नम्बर ५ को दमक नगरपालिकाको कार्यालयमा ती उम्मेदवारहरुले मनोनयन दर्ता गराएको जनाइएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिनेहरु (क्षेत्र नं १ )


क्षेत्र नं २





























