झापा, असोज २५ । झापाको अर्जुनधारा नगरपालिका ४ स्थित बिरिङ खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

खोलामा घोप्टो परेको अवस्थामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार स्थानीय बिरिङ खोलामा अर्जुनधारा ५ की अन्दाजी ५० वर्षीया गंगा भण्डारीको शव फेला परेको हो । उनको शव खोलामा तैरिरहेको अवस्थामा फेला परेको प्रत्यक्षदर्शीले बताए । खोलामा हाम्फालिसकेपछि केही मिटर बगाएको अनुमान गरिएको छ । पारिवारिक स्रोतका अनुसार आज बिहानैदेखि उनी घरबाट सम्पर्कविहीन थिइन् । परिवारसँग सम्बन्ध विच्छेद गरी उनी माइती घर कञ्चनबारीमा बस्दै आएको बताइएको छ । ती महिलाले खोलामा हाम्फालेर आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्