झापा, असोज २६ । भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध सामान प्रहरीले बरामद गरेको छ ।

गएराति १२.१० बजे मेचीनगर– ७ मा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली गरी ल्याई बेवारिसे अवस्थामा राखेको अन्दाजी ३ लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गरेको हो ।
त्यस्तै आज बिहान २ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर– ६ मा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली गरी ल्याई बेवारिसे अवस्थामा राखेको अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । ती दुवै सामानहरु आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



