झापा , असोज २६ । घरमा लुकाइ राखेको अबस्थामा अवैध सखुवा काठसहित शिवसताक्षीका एक व्यक्ति पक्राउ परेका छन् ।

गएराति १.२७ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका वडा नं.१ धरमपुर चौक बस्ने खगेन्द्रप्रसाद दाहालको घरमा अबैध रुपमा लुकाई छिपाई राखेको सखुवा जातको चिरान काठ अन्दाजी ७२.६३ क्यु.वि.फेला पारेको हो ।

काठसहित दाहाललाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्