झापा, असोज २७ । झापा क्षेत्र नं. ३ बाट बागी उम्मेदवारी दिएका डम्बरबहादुर गिरीलाई नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

एमालेको सहयोगमा झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका राप्रपाका राजेन्द्र लिङ्देनविरुद्ध गिरीले उम्मेदवारी दिएका हुन् । स्वतन्त्र उम्मेदवारी दिएका उनले सूर्यमुखी फूल चुनाव चिन्ह पाएका छन् । झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा पार्टी निर्णयको विरुद्धमा स्वतन्त्र उम्मेदवार बनेका पार्टी जिल्ला कमिटीका सचिवालय सदस्य गिरीलाई पार्टी अनुशासन उल्लंघन गरेकोले पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरिएको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले जनाएका छन् ।

उनले पार्टी विरोधी गतिविधि गर्ने अर्जुनधाराका हरिकुमार राना र शिवसताक्षीका होमप्रसाद गौतमलाई यसअघि नै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकिएको जनाउँदै पार्टी निर्णयको विरुद्धमा प्रत्यक्ष परोक्ष गतिविधिमा संलग्न जो कोही नेता कार्यकर्ताहरुको पहिचान गरी तत्काल कारवाही गरिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्