झापा, असोज २७ । ६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त आयोजनामा दमकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १३६ जनाले रगत दान गरेका छन् । प्रमुख प्रहरी उपरीक्षक बिश्वमणि पोखरेल, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिलिप गिरीसहित ८३ जना प्रहरी कर्मचारी र ५३ जना स्थानीय ,पत्रकार तथा उद्योगी ब्यवसायीले रगत दान गरेका हुन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष लोकराज ढकालको आतिथ्य रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्