झापा , असोज २८ । विराटनगर महानगरपालिका-९ मा रहेको माता धनवन्ती फर्निचर उद्योगमा बिहीबार राति आगलागी भएको छ ।

प्रारम्भिक विवरण अनुसार आगलागीबाट ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मनिष राजवंशीले सञ्चालन गरेको उद्योगमा राति ८ बजेतिर आगलागी भएको थियो । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने उनले बताए । आगलागीबाट फर्निचर उद्योगसहित त्यहाँभित्र रहेका सबै सामान जलेर नष्ट भएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार आगो नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय लागेको थियो । पाँचवटा दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्